ad ad

प्रविधि


नयाँ सामाजिक सञ्जाल ल्याउँदै ट्वीटरका संस्थापक डोर्सी

नयाँ सामाजिक सञ्जाल ल्याउँदै ट्वीटरका संस्थापक डोर्सी

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १०:५२, काठमाडौँ

ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफ्नै नयाँ सामाजिक सञ्जाल ल्याउने भएका छन्। उनले आफ्नो नयाँ सामाजिक सञ्जालको नाम ब्लुस्काई हुन सक्ने संकेत गरेका छन्।

डोर्सीले गत साता नै ब्लुस्काईको अर्थ सम्भावनाको ठूलो क्षेत्र हुने उल्लेख गरेका थिए। उनले सुरुमा यसलाई सहयोग गर्नको लागि मानिसहरुलाई आग्रह गरेका छन्। 

डोर्सीले पछिल्लो समय ट्वीटरबाट असन्तुष्ट रहेका मानिसहरुलाई आफ्नो सामाजिक सञ्जालमा आउन आग्रह गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। अर्बपति इलोन मस्कले ट्वीटर खरिद गरेसँगै ट्वीटरप्रति धेरै मानिस असन्तुष्ट पनि बनेका छन्। 

ब्लुस्काई कम्पनीले प्रेस विज्ञप्ति जारी गरेर अहिले नयाँ सामाजिक सञ्जालको परीक्षणको काम भइरहेको जानकारी दिएको हो।

कम्पनीले यस विषयमा धेरै पक्षसँग सहकार्य गरेर अघि बढ्नुपर्ने जरुरी रहेको बताएको छ। बेटा परीक्षणको क्रममा यसले कसरी काम गर्छ भन्ने विषय अध्ययन गरिने ब्लुस्काईले बताएको छ।

ब्लुस्काईका अनुसार नयाँ सामाजिक सञ्जालमा सुरक्षाको मापदण्ड निकै कडा बनाइनेछ। साथै यसलाई धेरै स्थानबाट नियमन तथा व्यवस्थापन गर्न सकिने कम्पनीले बताएको छ। 

सन् २०१९ मा ट्वीटरले ब्लुस्काई कम्पनीको स्थापना गरेको थियो। यो कम्पनी स्थापनाको उद्देश्य मानिसहरुलाई जोड्नु रहेको डोर्सीको भनाइ छ।

उनले यो कम्पनी कुनै पनि संस्थाको अधीनमा नरहेको उल्लेख गरेका छन्। यसमा सम्भव भएसम्म धेरै मानिसले सहभागिता जनाउन सक्ने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .