ad ad

समाज


धादिङमा गुडिरहेका ५ गाडीमा पहिरो खस्यो, २ जनाको मृत्यु, ६ यात्रु घाइते

धादिङमा गुडिरहेका ५ गाडीमा पहिरो खस्यो, २ जनाको मृत्यु, ६ यात्रु घाइते

नेपालखबर
असार १९, २०७८ शनिबार १०:४८,

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलास्थित पृथ्वी राजमार्गमा गुडिरेहका पाँच गाडीमा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ भने ६ यात्रु घाइते भएका छन्। 

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले दिएको जानकारीअनुसार शनिबार बिहान ३ बजेतिर एक्कासि माथिबाट खसेको ढुंगासहितको पहिरोले लाग्दा ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका ६ का अन्दाजी १८ वर्षीय वीरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा रहेकी भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो।

सडकमा गुडिरहेका बेला बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रकमाथि ढुंगामाटो खसेको एसपी खड्काले जानकारी दिए। 

‘पुरिएकै त होइन, तर माथिबाट पहिरो खसेर लागेको हो,’ नेपालखबरसँग उनले भने। 

६ जना घाइतेको नाम भने अहिले खुलिनसकेको उनले बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .