गएको २४ घण्टामा नेपालमा १ हजार ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
८ हजार १३२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
यो अवधिमा २ हजार ५५२ जना निको भएका छन्।
यस्तै, आज २७ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ।
आज काठमाडौं उपत्यकामा ४६१ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौ ३४२, ललितपुर ८८ र भक्तपुरमा ३१ जनामा संक्रमण देखिएको छ।
114
Shares
प्रतिक्रिया