ad ad

समाज


फुटबलका प्रशिक्षकले पत्रकारमाथि दुर्व्यवहार गरेको महासंघको आरोप

फुटबलका प्रशिक्षकले पत्रकारमाथि दुर्व्यवहार गरेको महासंघको आरोप

नेपालखबर
साउन ८, २०७८ शुक्रबार १७:०,

नेपाल पत्रकार महासंघले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार विज्ञप्ति प्रकाशित गरी महासंघले महासंघको एसोसिएट संस्था नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य एवं मेरोखेल डटकमका सम्पादक बिभु श्रेष्ठ र खेल पत्रकार बिभा थापालाई समाचार संकलनको क्रममा प्रशिक्षक अलमुताइरीले दुर्व्यवहार गरेको जनाएको छ।

महासंघका अनुसार साउन ७ गते बिहीबार एन्फा मुख्यालय सातदोबाटोमा राष्ट्रिय टिमको प्रशिक्षणका क्रममा सार्वजनिक स्थानमा गरिएको धुम्रपानको विषयमा प्रश्न सोधिएका बेला प्रशिक्षक अलमुताइरीले पत्रकारद्वयलाई  दुर्व्यवहार गरेका थिए।

‘नागरिकलाई सुसूचित गर्ने पेशागत कर्म निर्वाहमा जुटेका पत्रकारमाथि राष्ट्रिय टिमकोे जिम्मेवार व्यक्तिबाट भएको यो कार्य आफैंमा निन्दनीय हुनुका साथै प्रेसको स्वतन्त्रतामाथि आघात पुगेको छ’ महासंघले भनेको छ, ‘महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता कार्य नदोहाेर्याउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .