आज (शुक्रबार) राति पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले अघि साँझ ६ बजे जनाएअनुसार अहिले पनि बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
आज राति देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।’
महाशाखालो आगामी २४ घण्टा (शनिबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ, ‘प्रदेश नं १ र बागमती प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया