अर्कै व्यक्तिको नाममा जारी भएको ‘नो अब्जेक्सन लेटर’ आफ्नो नाममा बनाइ विदेश जान खाेजेका एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१५ का २४ वर्षीय सुमन राजवंशी रहेका छन्।
राजवंशी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी भएको एनओसी नं ७७१२८९२ मा विवरण कीर्ते गरी आफ्नो नाममा जारी भएको बनाई युक्रेन जान लागेको प्रहरीले जनाएको छ।
गोप्य सूचनाको आधारमा राजवंशीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले सिनामंगलबाट पक्राउ गरेको हो। उनलाई कानून बमोजिम कारवाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको छ।
243
Shares
प्रतिक्रिया