ad ad

समाज


ललितपुरको गोदावरी बन्यो स्काउट दीक्षान्त गर्ने पहिलो स्थानीय तह

ललितपुरको गोदावरी बन्यो स्काउट दीक्षान्त गर्ने पहिलो स्थानीय तह

नेपालखबर
साउन ८, २०७८ शुक्रबार २१:७,

ललितपुर जिल्लाको गोदावरी नगरपालिका नगर प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई स्काउटको दिक्षान्त गर्ने पहिलो स्थानीय तह भएको छ । 

नगरपालिकामा रहेको नगर स्काउटले बिहीवार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख गजेन्द्र महर्जन, उप्रमुख मुना अधिकारी तथा नगर शिक्षा शाखा प्रमुख देवी प्रसाद उपाध्यायलाई दिक्षित गरेको हो।

दिक्षित पदाधिकारीहरूलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए। 

कार्यक्रममा संयोजक भण्डारीले पूर्ववर्ती सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरुमा स्काउटको विकास र विस्तारका लागि नीतिगत निर्णय गरेर प्रक्रिया अगाडि बढाएको बताउदै नयाँ सरकारले त्यसको सफल कार्यान्वयनका लागि जोड दिनुपर्ने बताए। 

उनले विगतदेखि नै स्काउटले विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गदै आएको र स्काउटको आवद्धताले स्वयंसेवी भावनाको विकास मात्र नगरी यो अभियानमा जोडिनेहरूको बौद्धिक, नैतिक र सामाजिक विकास हुने जिकिर गरे। 

नगर प्रमुख महर्जनले स्थानीय तहमा स्काउटको अधिकार आएसँगै यसको विस्तार र विकासमा अवसर र चुनौती उत्तिकै रहेको बताए। 

स्काउटको विकासका लागि गोदावरीले यो आर्थिक वर्ष १५ लाख बजेट विनियोजन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .