ad ad

समाज


एकैदिन पाँचजना फरार अभियुक्त पक्राउ

एकैदिन पाँचजना फरार अभियुक्त पक्राउ

नेपालखबर
भदौ ६, २०७८ आइतबार ११:२७, काठमाडौँ

विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार रहेका पाँचजना अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। शनिबार एकैदिन उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा आठ वर्ष कैद र तीन लाख १५ हजार जरिवाना सजाय तोकिएका सखुवानान्कारकट्टी गाउँपालिका–४ का २८ वर्षीय देवकुमार यादव र बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र १० हजार जरिवाना तोकिएका लहान नगरपालिका–१३ निवासी ३१ वर्षीय शिवशङ्कर महतो, लेनदेन मुद्दामा दुई वर्ष कैद पाएका सिरहा नगरपालिका–२ का ५५ वर्षीय रामदेव साह, लेनदेन मुद्दामै पाँच महिना कैद सजाय पाएका सिरहा –१६ का ४० वर्षीय जाकिर मलङ्ग र चोरी मुद्दामा एक महिना कैद र ३० हजार जरिवाना सजाय ताकिएका सिरहा–१ का २३ वर्षीय सन्तोषकुमार कामती छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।

तीन बालकको भारतबाट उद्धार
लामो समयदेखि भारतको दरभङ्गास्थित बालगृहमा रहेका तीन बालकको पनि सिरहा प्रहरीले उद्धार गरेको छ। 

सामाजिक अभियान्ता सरोज रायको पहलमा सिरहाका दुई र महोत्तरीका एक बालकलाई स्वेश ल्याइएको हो। 

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अमरलाल दास, लहान नगरपालिकाका महादेव पासवान र महोत्तरीको सुगा भन्ने गाउँका सत्यमलाल झाको उद्धार गरिएकोे रायले जानकारी दिए।

ती बालक १५ वर्षमुनिका छन्। उनीहरुलाई जिल्ला प्रशासन कार्यलयमार्फत परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ,

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .