दाङमा १४ वर्षीया किशोरी सामूहिक बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन्।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनार रहेका छन्।
सुनार र तुलसीपुर उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय उमेश विकले ती किशोरीलाई त्यही ठाउँस्थित एक कटेजको कोठामा सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।
जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो।
पक्राउ परेका सुनारमाथि जिल्ला अदालत दाङबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। फरार रहेका उमेशको प्रहरीले खोजी गरिरहेको जनाएको छ।
138
Shares
प्रतिक्रिया