समाज


आजदेखि तिहार पर्व सुरु, यस वर्ष ६ दिन तिहार

आजदेखि तिहार पर्व सुरु, यस वर्ष ६ दिन तिहार

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ३:४८,

यस वर्षको तिहार पर्व आज (शुक्रबार) देखि सुरु भएको छ।

कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने चाड यमपञ्चक आजदेखि सुरु भएको हो। शुक्रबार बेलुकी यमदीपदान हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

आजै यमदीपदान सुरु भए पनि काग तिहार भने कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए। यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार परेको छ।

तिथिको घटबढका कारण यस्तो भएको गौतम बताउँछन्।

कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ।

बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत्रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए।

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ११ गते सोमबार परेको छ। सोमबार बिहान ९ः ४३ बजेसम्म औँशी तिथि छ। त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुन्छ।

कात्तिक १२ गते मङ्गलबार तिहारको मुख्य दिन भाइटीका पर्व परेको गौतमले जानकारी दिए। भाइटीकाको उत्तम साइत बिहान ११ः ५५ बजेलाई तोकिएको छ।

कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ। यही दिनदेखि नेपाल संवत् ११४० सुरु हुन्छ।

सरकारले यस वर्ष भाइटीको भोलीपल्ट पनि सार्वजनिक बिदा दिएको छ।

नेवार समुदायले १३ कात्तिकमा भाइटीका गर्ने भएकाले बुधबार पनि सार्वजनिक बिदा दिइएको हो। गृहमन्त्रालयले बिहीबार विज्ञप्ती निकालेर १३ गते पनि सार्वजनिक बिदा दिइएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad