ad ad

समाज


आज राति सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आज राति सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना

फाइल तस्बिर


नेपालखबर
असोज ३१, २०७८ आइतबार १९:५३, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति (भोलि बिहान ६ बजेसम्म) देशभर सामान्यदेखि पूर्णसम्म मौसम बदली रहनेछ। 

यस क्रममा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म र बााँकी हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना छ। 

साथै सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र बागमती प्रदेशका केही स्थान तथा प्रदेश नम्बर २ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको र सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मनसुन बिदा भएसँगै यही असोज ३० गतेदेखि नेपालमा पोस्ट मनसुन सुरु भएको छ। मौसमविद्का अनुसार मनसुन बिदा भएको र विन्टर अर्थात् हिउँद याम सुरु भइनसककेको बीचको अवधिलाई पोस्ट मनसुन भनिन्छ। डिसम्बेरदेखि भने हिउँद याम सुरु हुनेछ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .