नेपालमा पछिल्लो २४ घण्टायता ८ सय १७ जना कोभिड-१९ संक्रमित थपिएका छन्। नेपालमा शनिबारसम्म १० हजार ५ सय ५९ सक्रिय संक्रमित उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटी-पीसीआर र एन्टिजेन विधिबाट जम्मा ६ हजार ९ सय ३१ जनामा परीक्षण गरिएको थियो।
मन्त्रालयले २४ घण्टाभित्र कोरोनाबाट थप ८ जनाले ज्यान गुमाएको पनि जनाएको छ। यी ८ सहित नेपालमा कोरोनाबाट ११ हजार ३ सय ४५ ले ज्यान गुमाएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय १७ जना निको भएका छन्। योसहित कोरोना जित्नेको संख्या नेपालमा ७ लाख ८६ हजार ६३० पुगेको छ।
नेपालमा शनिबारसम्म ९ लाख २ हजार ५ सय १४ जनामा कोरोना देखिएको छ। कोरोनाबाट नेपामला मृत्यु दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा ६३ हजार ७४ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्।
Shares
प्रतिक्रिया