ad ad

समाज


‘यूएन डे’को अवसरमा नेपाली सेनाद्वारा विशेष कार्यक्रम आयोजना

‘यूएन डे’को अवसरमा नेपाली सेनाद्वारा विशेष कार्यक्रम आयोजना

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १६:५४, काठमाडौँ

संयुक्त राष्ट्रसंघको स्थापना भएको दिन अर्थात ‘यूएन डे’को अवसर पारेर नेपाली सेनाले श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा रक्षामन्त्री डा. मीनेन्द्र रिजाल एवम् संयुक्त राष्ट्रसंघीय शान्ति कार्यमा संलग्न हुने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरु सहभागी थिए।

कार्यक्रममा विश्‍व शान्ति स्थापनाको सिलसिलामा वीरगति प्राप्त गरेका शान्ति सैनिकहरूको सम्मानमा शान्ति स्मारकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको थियो। 

कार्यक्रमकै दौरान राष्ट्रसंघीय शान्ति मिसनसम्बन्धी योगदान, चुनौति र समन्वयको विषयमा श्री शान्ति कार्य निर्देशनालयको प्रस्तुतीकरणका साथै शान्ति स्थापना कार्य सम्बन्धी अन्तरक्रिया एवं छलफलको कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा शान्ति स्थापना कार्यमा खटिएको अवस्थामा वीरगति प्राप्त गरेका स्व प्रमुख सेनानी कविन्द्रजंग थापालाई प्रदान भएको ‘डाग हम्मरस्क्जोल्ड मेडल’ उनको परिवारले नेपाली सेनालाई हस्तान्तरण गरेका थिए भने उनको परिवारलाई नेपाली सेनाद्वारा कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रमलाई रक्षामन्त्री डा. रिजालले विशेष सम्बोधन गरेका थिए।

कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, परराष्ट्र सचिव भरतराज पौड्याल, सबै सुरक्षा निकायका प्रमुखहरु, विभिन्न देशका राजदूतहरु, संयुक्त राष्ट्र संघका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .