समाज


वायु प्रदूषणका कारण दिल्लीमा स्वास्थ्य संकटकालको घोषणा

वायु प्रदूषणका कारण दिल्लीमा स्वास्थ्य संकटकालको घोषणा

नेपालखबर
कात्तिक १६, २०७६ शनिबार ६:५२,

वायु प्रदूषणका कारण विषाक्त हावा फैलिएपछि दिल्लीमा सार्वजनिक स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको बीबीसीहिन्दीले जनाएको छ।

वायु प्रदूषणका कारण निम्तनसक्ने खतरा मध्यनजर गर्दै दिल्लीका अधिकारीहरुले त्यहाँका विभिन्न विद्यालयहरूमा ५० लाखवटा मास्क वितरण गर्न लागेका छन्।

दिल्लीमा तीन दिनका लागि सबैखाले निर्माणकार्य बन्द गर्न निर्देशन दिइएको छ भने मङ्गलवारसम्म सबै विद्यालयहरू बन्द रहने छन्।

दिल्लीको हावामा विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित अधिकतम तहभन्दा २० गुणा बढी हानिकारक तत्त्वहरू पाइएको छ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली “ग्यास च्याम्बर“ मा परिणत भएको बताएका छन्। वितरित मास्क यथासम्भव प्रयोग गर्न केजरीवालले आग्रह गरेका छन्।

अहिले भारतको राजधानीलाई बाक्लो तुँवालोले ढाकेको छ। मानिसहरूले त्यसको तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्दै आक्रोश व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad