ad ad

समाज


भक्तपुरमा मोटरसाइकल दुर्घटना, २९ वर्षीय युवकको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना, २९ वर्षीय युवकको मृत्यु

नेपालखबर
कात्तिक ३०, २०७८ मंगलबार ८:१४, काठमाडौँ


  

भक्तपुरको चारदोबाटोमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक यवकको मृत्यु भएको छ।

मंगलबार बिहान करिब ५ बजेतिर प्रदेश ०३– ०२७ प २३२ ५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक २९ वर्षका प्रदीप कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। कार्की भक्तपुरकै लोकन्थली निवासी हुन्।

तीव्र गतिको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका कार्कीलाई उपचारको लागि भक्तपुरकै मध्यपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको परिसरका डिएसपी लोकबहादुर जिसीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .