ad ad

समाज


तनहुँ र चितवनबाट विप्लवका २१ कार्यकर्ता पक्राउ

तनहुँ र चितवनबाट विप्लवका २१ कार्यकर्ता पक्राउ

नेपालखबर
कात्तिक ३०, २०७८ मंगलबार ९:४६, काठमाडौँ

प्रहरीले तनहुँ र चितवनबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ। आज बिहान सडकमा सवारी साधन र पसलहरु बन्द गर्दै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज आह्वान गरेको बन्दका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। चितवनबाट नेकपा निकट अनेरास्ववियु क्रान्तिकारीका बागमती प्रदेश इञ्चार्ज राजन साउदसहितका १० जना नेता, कार्यकर्ता पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार साउदसहित दुई जनालाई बिहान सबेरै भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट नियन्त्रणमा लिइएको हो। 

सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अवरोध पु¥याउन पाएका छैनन्। थापाले भने, ‘जिल्लाभर अवरोध गर्न खोज्नेलाई तत्काल पक्राउ गर्ने गरी सुरक्षाकर्मी परिचालन गरिएको छ।’

बन्दको प्रभाव चितवनमा पनि परेको छ। आज अन्य दिनमा झै सवारी साधन भने चलेका छैनन् । बिहानैदेखि बजार क्षेत्र सुनसान देखिएको छ।
त्यसैगरी तनहुँबाट नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई दमौलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेका नेकपाका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जानकारी दिए। पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उनले माग गरेका छन्। नेपाल बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान देखिएको छ। राससको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .