समाज


ललितपुरमा ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ सञ्चालन

ललितपुरमा ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ सञ्चालन

नेपालखबर
मंसिर ६, २०७८ सोमबार २१:५२, काठमाडौँ

महानगरीय प्रहरी परिसर ललितपुरमा ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ सञ्चालनमा आएको छ। यससँगै विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई छिटो र चुस्त रुपमा राखिने तथा प्रहरी परिचालनमा थप सहज हुने परिसरले जनाएको छ। 

‘स्मार्ट पुलिस कन्ट्रोल रुम’को महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी उत्तमराज सुवेदीले उद्घाटन गरेका छन्। 

कन्ट्रोल रुममा अपराध नियन्त्रण तथा रोकथामका लागि भएका सम्पुर्ण प्रक्रियाको पनि कम्प्युटरमा अभिलेख रहने परिसर प्रमुख एसएसपी किरण बज्रचार्यले बताइन्। 

‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ निर्माण गर्न ललितपुर महानगरपालिका, स्टार अस्पताल, सुमेरु ग्रुप, ग्लोबल आईएमई बैंक, बी एण्ड बी अस्पताल, पन्चकन्या ग्रुप, जोन्टा क्लव अफ काठमाडौं र अरुणिमा बचत तथा ऋण सकारी संस्थाले आवश्यक उपकरण तथा समाग्री सहयोग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .