ad ad

समाज


काठमाडौंमा बेहोस भेटिएका डाक्टरको मृत्यु, सुसाइड नोट भेटियो

काठमाडौंमा बेहोस भेटिएका डाक्टरको मृत्यु, सुसाइड नोट भेटियो

न्युरो सर्जन डा. सुवास लाेहनी।


नेपालखबर
मंसिर ८, २०७८ बुधबार ४:४०, काठमाडौँ

बेहोस अवस्थामा फेला परेका काठमाडौँको टोखा निवासी एक चिकित्सकको मृत्यु भएको छ।

ग्रान्डी टावरको माथिल्लो तलामा रहेको आफ्नै कोठामा सोमबार बेहोस अवस्थामा फेला परेका न्युरो सर्जन डा. सुवास लोहनीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

लोहनी नेसनल न्युरो सेन्टरमा कार्यरत थिए।

महानगरीय प्रहरी कार्यालय (काठमाडौँ) का प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शव परीक्षणका लागि मंगलबार महाराजगन्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ। 

डा. लोहनी आफैँले बेहोस हुने औषधि इन्क्सन लिएको पाइएको प्रहरीले जनाएको छ। 

‘ओभरडोज भएर मृत्यु भएको जस्तो देखिन्छ’, एक प्रहरीले रासससँग भने, सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको अनुमान गरिएको छ।!

उनले शव परीक्षणको प्रतिवेदन आएपछि कारण यकिन हुने पनि बताए। 

सोमबार दिउँसो १ बजेसम्म फोन गर्दा ठीक रहेको र ३ बजे बेहोस अवस्थामा फेला परेको परिवारको भनाइ उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ। 

उनमा एक हप्ताअघि मात्रै कोरोना सङ्क्रमण भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा केही अघिदेखि नै डा. लोहनी एक्लै बोल्ने, बस्ने गरेको पाइएको छ। साहित्य क्षेत्रमा समेत रुचि राख्ने डा. लोहनी सञ्चारमाध्यममा लेख लेख्थे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .