गोरखामा भाइबुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ। जिल्लाको आरुघाट गाउँपालिका–४ थुमीमा बुहारीले कुट्दा ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय (गोरखा) ले जनाएको छ।
आफ्नै भाइबुहारी डल्ली बराम र उनकी छोरी निशा बरामको कुटपिटबाट उनी गम्भीर घाइते भएका थिए।
शनिबार दिउँसो कुटपिटबाट घाइते भएका चामबहादुरलाई उपचारका लागि सोमबार काठमाडौँ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय (आरुघाट) बाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न आमाछोरीलाई नै पक्राउ गरेको छ। पक्राउ परेका दुवैविरुद्ध ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। रासस
351
Shares
प्रतिक्रिया