ad ad

समाज


अन्नपूर्ण आधार शिविर अब एकै दिनमा पुग्न सकिने

अन्नपूर्ण आधार शिविर अब एकै दिनमा पुग्न सकिने

नेपालखबर
मंसिर १३, २०७८ सोमबार ९:४५, काठमाडौँ

अन्नपूर्ण प्रथम आधार शिविर अब एकै दिनमा पुग्न सकिने भएको छ। आधार शिविर जाने पदमार्ग छोटिएसँगै अब आधार शिविर एकै दिन पुग्न सकिने भएको हो। 

पहिले पहिचान गर्दा सात दिनको यात्रा तय हुने गरेकामा अहिले नेपाली पर्यटकहरु नारच्याङबाट हुमखोलासम्म सवारी साधन र त्यहाँबाट करिब १५ किलोमिटर पदयात्रामार्फत एकै दिन आधार शिविर पुग्न थालेका छन्। 

सडक, पदमार्ग लगायतका पर्यटन पूर्वाधारले अब अन्नपूर्ण आधार शिविरमा दुई दिनकै अवधिमा पुगेर फर्कन सक्ने सुविधा भएको अन्नपूर्ण युवा क्लब नारच्याङका अध्यक्ष श्याम पुर्जाले जानकारी दिए।

सडक यातायातको सुविधासँगै नारच्याङबाट अब बढीमा दुई दिनमा अन्नपूर्ण आधार शिविर पुग्न सकिने भएको छ। अन्नपूर्ण हिमालको आधार शिविर पुग्न सकिने गरी विकास गरिएको यो पदमार्ग छोटो दूरीको पैदलयात्रामा पुग्न सकिने सम्भवतः नेपालको पहिलो आधार शिविर भएको पुर्जाले बताए। 

यात्राअवधि छोटिएपछि अन्नपूर्ण आधार शिविरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ। 

यसैबचि म्याग्दीस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण गरिएको छ । 

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दुई दिनमै आधार शिविर पुग्न सकिने गरी पदमार्ग, आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायतका पूर्वाधार निर्माण गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .