ad ad

समाज


दर्जन मन्त्रालयका सचिवहरुको एकसाथ सरुवा, को कहाँ?

दर्जन मन्त्रालयका सचिवहरुको एकसाथ सरुवा, को कहाँ?

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७८ सोमबार १७:२०, काठमाडौँ

सरकारले दर्जन मन्त्रालयका सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती सचिवहरूको सरुवा गरेको हो। 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सामान्य प्रशाशन सचिव एकनारायण अर्यालको श्रम मन्त्रालयमा सरुवा भएको छ। 

हाल निर्वाचन आयोगमा रहेका सचिव सुरेश अधिकारीको संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयमा सरुवा भएको छ। 

प्रधानमन्त्री कार्यालयमा रहेका सचिव महेश्वर न्यौपानेको पर्यटन मन्त्रालयमा सरुवा भएको छ। पर्यटनका यादव कोइरालाको शिक्षा मन्त्रालयमा सरुवा भएको छ। 

शिक्षा मन्त्रालयका सचिव राम प्रसाद थपलिया प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्। 

सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई जगेडामा पठाइएको छ।

श्रम मन्त्रालयका सचिव सूर्य गौतमलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

उर्जा आयोगका सचिव मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ।

प्रधानमन्त्री कार्यालयका सचिव भरत मणि सुवेदीको वित्त आयोगमा सरुवा भएको छ। 

बित्त आयोगका सचिव गोकर्ण मणि दुवाडीको निर्वाचन आयोगमा सरुवा भएको छ।

गतसाता सामान्य प्रशासन मन्त्रालयले एकैचोटी ४९ जना सहसचिवको सरुवा गरेको थियो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .