ad ad

समाज


अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान स्वास्थ्य मन्त्रालयको अपिल

अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान स्वास्थ्य मन्त्रालयको अपिल

नेपालखबर
मंसिर १५, २०७८ बुधबार १६:३१, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्टलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नजान अपिल गरेको छ। 

गत नोभेम्बर २६ मा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको थियो। दक्षिण अफ्रिकामा पहिलोपल्ट देखिएको यो भेरियन्ट हालसम्म २० देशमा देखिइसकेको डब्लुएचओले जनाएको छ। 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरमणि अधिकारीले एक विज्ञप्ति जारी गर्दै यस भेरियन्टलाई डब्लुएचओले पनि विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको बताउँदै सावधानी अपनाउन आवश्यक रहेको बताए। 

‘हालसम्म यो भेरियन्ट नेपालमा फेला परि सकेको छैन तर हामी सचेत हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो पारिएको छ। यो भेरिएन्ट नेपाल प्रवेश गर्न नदिन सबै पूर्व तयारीमा मन्त्रालय जुटिसकेको छ।’

उनले यस भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न, जनस्वास्थ्यका मापदण्ड पालना गरिदिन र सतर्क रहन सबैलाई अनुरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .