पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा कृष्णप्रसाद पौडेलले आज १२ हजार ७२७ मा कोरोना परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको बताए
उनका अनुसार सक्रिय संक्रमित छ हजार ९५४ पुगेको छ। पछिल्लो समय थप २५९ जना संक्रमणमुक्त भएको पौडेलले जानकारी दिए। योसँगै आठ लाख तीन हजार १६८ जना संक्रमणमुक्त भएका छन्।
पाँच सयभन्दा बढी संक्रमण भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन्। दुई सयभन्दा बढी संक्रमित भएका जिल्लामा सुनसरी, धनुषा, भक्तपुर, कास्की, पूर्वनवलपरासी, बाँके र कैलाली रहेका छन्।
यस्तै शून्य संक्रमित भएका जिल्ला मनाङ, हुम्ला, सल्यान जाजरकोट र मुगु रहेका छन्। नेपालमा सङ्क्रमण दर १७.७ प्रतिशत रहेको छ। उनका अनुसार हाल होमआइसोलेशनमा छ हजार ६१०, संस्थागत आइसोलेसनमा ३४४, आइसियुमा १२० र भेन्टिलेटरमा ३७ जनाको उपचार हुँदैछ।
तीनको मृत्यु
मन्त्रालयका प्रवक्ता डा पौडेलले पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप तीन जनाको मृत्यु भएको जानकारी दिए। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ।
त्यसैगरी पछिल्लो समय दुई लाख २७ हजार ५८४ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको उनले बताए। हालसम्म पहिलो मात्रा एक करोड ३० लाख ४०८ ले र पूर्ण मात्रा ८५ लाख १४ हजार ६८४ जनाले खोप लगाएका छन्। रासस
Shares
प्रतिक्रिया