दोलखामा निस्सासिएर नवजात शिशुसहित एकै परिवारका तीन जनाको ज्यान गएको छ।
तामाकोसी गाँउपालिका–२ झुलेका श्याम तामाङ, उनकी पत्नी अम्बिका तामाङ र ६ दिनकी शिशुको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख डीएसपी भेषराज रिजालले जानकारी दिए।
मंगलबार राति खाना खाएर बच्चालाई सेक्नका लागि कोठाभित्रै तावामा आगो बालेका थिए।
तर काेइला बन्द नगरी झ्याल ढोका बन्द गरेर सुतेका कारण मृत्यु भएको प्रहरीको अनुमान छ।
नवजात शिशुसहित तिनै जनाको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल चरिकोट ल्याइएको डिएसपी रिजालले बताए
111
Shares
प्रतिक्रिया