ad ad

समाज


दुबई जान त्रिभुवन विमानस्थल ​पुगेका सहकारीका ७६ सदस्यलाई मध्यराति रोकियो

दुबई जान त्रिभुवन विमानस्थल ​पुगेका सहकारीका ७६ सदस्यलाई मध्यराति रोकियो

नेपालखबर
मंसिर २१, २०७८ मंगलबार ५:४९, काठमाडौँ

दुबई जान भनेर आइतबार मध्यराति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका ७६ नेपालीलाई विमान चढ्न नदिएर फर्काइएको छ। 

ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यीय सहकारी संस्थाका ७६ जना पदाधिकारी तथा सेयर सदस्यलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले विदेश जान रोकेको हो।

उनीहरू दुबई भ्रमणका लागि नेपाल वायुसेवा निगमको विमान राति साढे ११ बजे चढ्ने तयारीमा थिए। तर अध्यागमन कार्यालयले कागजपत्र नपुगेको भन्दै जहाज चढ्न नदिएको हो।

उक्त सहकारी संस्थाका एक सदस्यका अनुसार आफ्नो समूह दुबई एक्स्पोमा भाग लिन चार दिनका लागि दुबई जान लागेकाे थियाे। तर अध्यागमन कार्यालयका कर्मचारीले माथिको आदेश भन्दै फर्काइदिएका हुन्।

अध्यागमन कार्यालयले दुबई जान नदिएपछि उनीहरू मध्यराति विमानस्थलबाट घर फर्किन बाध्य भएका थिए। त्यसअघि सहकारीको टोलीले अध्यागमन कार्यालयअघि झन्डै एक घण्टासम्म नाराबाजी गरेकाे थियाे।

जान ठिक्क परेका ७६ यात्रु फर्काइएपछि नेपाल वायु सेवा निगमको न्यारोबडी विमान ७२ जना यात्रु मात्रै लिएर राति साढे १ बजे दुबई उडेको विमानस्थलले जनाएकाे छ। 

सहकारी संस्थाका सदस्यले भने आफूहरूको भ्रमण टोलीमा धेरैजसो महिला भएकाले दुबई जान रोकेको आशंका गरेका छन्।

 आइतबार मध्यरातको उक्त घटनाविरुद्ध हिजो सोमबार अध्यागन विभाग र पर्यटन मन्त्रालयमा उजुरी परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .