ad ad

समाज


लागूऔषधसहित काठमाडौंबाट चारजना पक्राउ

लागूऔषधसहित काठमाडौंबाट चारजना पक्राउ

नेपालखबर
मंसिर २२, २०७८ बुधबार ५:२६, काठमाडौँ

काठमाडौँ महानगरपालिका–१६ पकनाजोलबाट प्रहरीले अवैध लागूऔषधसहित चार जनालाई  पक्राउ गरेको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरूबाट करिब २५० ग्राम पोल्यान्ड, करिब ६० ग्राम गाँजा, जरायोको सिङको एक भाग र १ थान खुकुरी बरामद गरिएको महानगरीय प्रहरी वृत्त काठमाडौंले जनाएको छ। 

पक्राउ पर्नेमा पकनाजोलमा डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–११ का २२ वर्षीय बुद्ध लामा, २७ वर्षीय विक्रम तामाङ, १८ वर्षीय किशोर तामाङ र काठमाडौँ महानगरपालिका–१७ डल्लु बस्ने काभ्रे तिमाल गाउँपालिका–६ का मानदेव भन्ने ३३ वर्षीय दोर्जे तामाङ रहेका छन्। 

पकनाजोलस्थित लामाको कोठामा लागुऔषध बिक्रीका लागि लुकाइराखेको छ भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्दा लागुऔषध फेला परेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .