ad ad

समाज


बिनाभिसा अमेरिका जाँदै थिए, अचानक बिरामी परे र बाटैमा बिते

बिनाभिसा अमेरिका जाँदै थिए, अचानक बिरामी परे र बाटैमा बिते

नेपालखबर
मंसिर २२, २०७८ बुधबार ६:५१, काठमाडौँ

अमेरिका जाँदै गर्दा दाङका एक युवकको बाटैमा मृत्यु भएको छ। 

पारिवारिक स्रोतले दिएको जानकारीअनुसार अमेरिका जाँदै गरेका दाङको तुलसीपुर उपमहानगरपालिका– ३, गोटीखोलाका २१ वर्षीय साहिल बोहरा बाटैमा बितेका हुन्। नेपाली समयानुसार सोमबार साँझ ७ बजेतिर पेरुमा उनको मृत्यु भएको हो। 

दलाललाई मोटो रकम दिएर अमेरिकी सीमाक्षेत्रबाट प्रवेश गराउने आश्वासनअनुसार बोहरा भिसाबिनै अमेरिका जाँदै थिए। तर पेरु पुग्दा उनलाई अचानक ज्वरो आउने र रुघा लाग्ने समस्या भयो।

त्यसपछि आइतबार बेलुका दलालले उनलाई त्यहाँ होटलको व्यवस्था गरिदए। त्यसपछि सोमबार बिहान अस्पताल जाने क्रममा उनी अचानक ढलेका थिए। लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको बताइएको छ। के कारण मृत्यु भयो, अझै केही खुलेको छैन।

यसरी बिनाभिसा अमेरिका प्रवेशका लागि लाखौं रकम दलाललाई बुझाएर हिँडेरै जाने  नेपाली  युवा बाटैमा मृत्यु हुने घटना बारम्बार हुने गरेका छन्। 

गत जुनमा पनि बिनाभिसा मेक्सिको सीमा क्षेत्रबाट अमेरिका प्रवेश गर्न गएका ७ नेपाली क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा समुद्रमा बेपत्ता भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .