ad ad

समाज


झापाका सरकारी कर्मचारीलाई ओलीले भने : भ्रष्टाचारलाई घृणा गर्नुस्

झापाका सरकारी कर्मचारीलाई ओलीले भने : भ्रष्टाचारलाई घृणा गर्नुस्

झापामा आयोजित कर्मचारीको कार्यक्रममा अध्यक्ष ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
पुस २५, २०७८ आइतबार १७:३०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन्। 

झापाको भद्रपुर-१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको आज उद्घाटन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। 

‘देशको गरिमा उच्च पार्न र मुलुकलाई विकसित बनाउन भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ’, उनले भने, ‘भ्रष्टाचारलाई घृणा गर्नुहोस्, ढिलासुस्ती नगरेर जनताको मन जित्नेगरी काम गर्नुहोस्।’

अध्यक्ष ओलीले मानिस कुनै न कुनै राजनीतिक विचारबाट प्रेरित हुने गरेको बताउँदै कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उल्लेख गरे।

‘कर्मचारीले निरपेक्ष भएर जनताको काम गर्नुपर्छ, कर्मचारी संयन्त्र जनताको सेवा गर्ने संयन्त्र हो,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले  भने। 

राजनीतिक परिवर्तनमा कर्मचारीको योगदान उच्च रहेको उल्लेख गर्दै लोकतन्त्र खोसिएको अवस्थामा कर्मचारी संकटमोचनमा अग्रसर भएको बताए। 

उनले कर्मचारीको हकहितका लागि लोकतान्त्रिक मान्यतालाई संरक्षण र सम्बद्र्धन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। 

अध्यक्ष ओलीले चुनावमा निष्पक्ष रुपमा काम गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह समेत गरे।

नेपाल निजामती कर्मचारी सङ्गठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको अगुवाइमा भवन निर्माण भएको भवन निर्माण समितिका संयोजक लक्ष्मीप्रसाद गुरागाईंले बताए।

दुई तले भवन एक करोड ८८ लाख नौ हजार ५७० रुपैयाँमा बनेको हो। भवनको शिलान्यास एमाले अध्यक्ष ओलीले नै २०७० माघ ५ गते गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .