ad ad

समाज


ठाकुरले पाए नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी

ठाकुरले पाए नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी

नेपालखबर
पुस २६, २०७८ सोमबार ५:२८, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरलाई दिएको छ। 

प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीको शुक्रबार ५८ वर्षे उमेर हदका कारण अवकाश भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि प्राधिकरणका उपमहानिर्देशक ठाकुरलाई निमित्तको जिम्मेवारी सुम्पेको हो।

प्राधिकरणको सञ्चालक समितिले कात्तिक १० गते वरिष्ठताका आधारमा क्षेत्रीलाई महानिर्देशक नियुक्त गरेको थियो। नियुक्ति पाएको अढाइ महिनामै क्षेत्रीले अवकास पाएका हुन्।

क्षत्रीले चार वर्षको कार्यकाल पूरा गर्न पाउनुपर्ने दाबी गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

उनको रिटमा शुक्रबार सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दाबारे सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले यही पुस ३० गते सम्बन्धित पक्षलाई छलफलमा बोलाएको छ।

मन्त्रालयले अदालतको आदेश पत्र दर्ता हुनुअघि नै ठाकुरलाई निमित्तको जिम्मेवारी दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .