जिल्ला अदालत ललितपुरले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको ९औँ साधारण सभा स्थगित गर्न आदेश दिएको छ।
न्यायाधीश चुरामन खड्काको एकल इजलासले सो साधारण सभा हाललाई नगर्न, नगराउन र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो।
आदेशमा साधारण सभामा २८ वटा थप संस्थालाई सहभागी गराउने सम्बन्धमा त्यसरी थप सदस्यता प्रदान गर्नबाट रोक लगाउने लगायतका विषयहरु उल्लेख गरी सहकारी विभागमा उजुरी परी त्यसको निर्णय नभएको अवस्थामा र सदस्य संख्या नै विवादित भएको अवस्थामा सो साधारणसभा गर्नु उचित नदेखिएको उल्लेख छ ।
सो आदेशमा भनिएको छ–कोभिड संक्रमण तिब्र गतिमा फैलिएको अवस्थालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म २५ जना भन्दा बढी भेला गर्न समेत रोक लगाएको अवस्थामा संघको साधारणसभा हाललाई नगर्न आदेश दिएको छ।
संघका उपाध्यक्ष नारायणभक्त श्रेष्ठ समेतलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको थियो। उपाध्यक्ष सहितको बहुमत भनिएका सदस्यले अध्यक्षको स्वीकृत विना लोगो, ब्यानर प्रयोग गरेको आरोप लागेको छ ।
संघका सचिव माधवप्रसाद तिमल्सिनाले पत्रकार सम्मेलन आयोजना गरी साधारणसभा गर्ने बताएका थिए।
Shares
प्रतिक्रिया