ad ad

समाज


भिडिओ कल गर्दै संवदेनशील अंग देखाउन लगाए, पछि त्यसैलाई हतियार बनाएर ‘बलात्कार’ गरे

भिडिओ कल गर्दै संवदेनशील अंग देखाउन लगाए, पछि त्यसैलाई हतियार बनाएर ‘बलात्कार’ गरे

नेपालखबर
माघ १, २०७८ शनिबार ७:४, काठमाडौँ

फेसबुकबाट साथी बनाई बालिका बलात्कार गरेको आरोपमा काठमाडौंमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं महानगरीय प्रहरी परिसरका अनुसार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ स्थायी घर भई हाल ललितपुरको पाटन बस्ने २१ वर्षीय सुजन श्रेष्ठलाई बालिका बलात्कार अभियोगमा नियन्त्रणमा लिइएको हो।  

प्रहरीका अनुसार श्रेष्ठले सौगात महर्जन नामको नक्कली फेसबुक अकाउन्ट बनाएर ती नाबालिकासँग निकटता बढाए र भिडिओ कल गर्न लगाउँदै संवदेनशील अंग देखाउन लगाए। 

त्यसपछि त्यही भिडिओ रेकर्ड गरेर बालिकासँग यौन सम्पर्कका लागि ‘बार्गेनिङ’ गर्न थाले। अन्यथा भिडिओ सार्वजनिक गरिदिने धम्की दिन थाले। 

पीडित बालिकाले बताएअनुसार यस क्रममा श्रेष्ठले गत पुस २७ गते राति ८ बजेतिर उनलाई काठमाडौंको बूढानीलकण्ठ नजिकै रहेको एक निर्माणाधीन घर पछाडि भेट्न बाध्य बनाए र जबर्जस्ती करणी गरे। 

त्यसपछि फरार आरोपितलाई पुस ३० गते प्रहरीले नियन्त्रणमा लिएको हो। महानगरीय प्रहरी वृत्त (महाराजगन्ज) को हिरासतमा राखेर उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

ती युवक बालिकासँग साथी बनेको २ महिनाभित्र बलात्कार घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .