ad ad

समाज


आज माघे संक्रान्ति, थारु समुदाय माघी पर्व मनाउँदै

आज माघे संक्रान्ति, थारु समुदाय माघी पर्व मनाउँदै

फाइल तस्बिर


नेपालखबर
माघ १, २०७८ शनिबार ८:११, काठमाडौँ

आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ। विशेषगरी थारु समुदायले माघे संक्रान्तिलाई माघी पर्वको रुपमा मनाउने गर्छन्।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ। पश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा धुमधामसँग मनाउने गर्छन्।

आजदेखि उत्तरायण सुरु भएकाले दिन लामा र रात छोटो हुँदै जान्छ। आज देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका नदीमा माघ स्नान गर्ने भक्तजनको भिड लाग्ने गर्छ। ती ठाउँमा ठूलो मेला पनि लाग्ने गरेको छ।

नेपाली समाजमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने प्रचलन छ। 

थारु समुदायमा माघीमा आफ्ना चेलीबेटीहरूलाई उपहार दिने चलन छ। माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता पनि थारू समुदायमा छ। 

थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ। पुस मसान्तमा आ-आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन अझै पनि कतिपय थारु समुदायमा प्रचलनमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .