ad ad

समाज


मधेश आन्दोलनका ५९ सहिद परिवारलाई जनही ३ लाख रुपैयाँ

मधेश आन्दोलनका ५९ सहिद परिवारलाई जनही ३ लाख रुपैयाँ

नेपालखबर
माघ ५, २०७८ बुधबार २२:२४, सप्तरी

मधेश प्रदेश सरकारले मधेश आन्दोलनका सहिद परिवार तथा घाइतेलाई जनही तीन लाख रुपैयाँसम्म वितरण गरेको छ। 

बलिदानी दिवसको अवसरमा मदेश सरकार मातहतको मधेसी सहिद प्रतिष्ठानले राजबिराजमा आयोजना गरेको सम्मान कार्यक्रममा ५९ सहिद परिवार र ८८ जना घाइतेलाई नगदसहित सम्मान पत्र वितरण गरेको हो। 

५९ सहिद परिवारलाई जनही तीनलाख रुपैयाँसहित प्रमाणपत्र वितरण गरिएको हो। 

यस्तै मधेश आन्दोलनका ८८ जना घाइतेलाई अवस्था हेरेर २५ हजार देखि ३ लाख रुपैयाँसम्मको चेक एवं सम्मान पत्रले सम्मानित गरिएको हो।  

सहिद तथा घाइते परिवारलाई नगद तथा सम्मान पत्र हस्तान्तरण गर्दै मुख्यमन्त्री लालबाबु राउतले  अधिकांशलाई मधेस सरकारले जागिर समेत उपलब्ध गराइसकेको बताए। 

उनले अबको दिनमा मधेस सरकार सहिद परिवार तथा अशक्त घाइतेहरुका लागि मासिक २१ हजार भरणपोषण भत्ता उपलब्ध गराउने तयारीमा रहेको जानकारी दिए।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री एवम्  मधेसी सहिद प्रतिष्ठानक अध्यक्ष भरत प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साह, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु  यादव लगायत उपस्थित थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .