ad ad

समाज


उपत्यकामा मात्रै ३७ हजार ९३ सक्रिय संक्रमित

उपत्यकामा मात्रै ३७ हजार ९३ सक्रिय संक्रमित

नेपालखबर
माघ ६, २०७८ बिहिबार १७:५४, काठमाडौँ

काठमाडौं उपत्यकामा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ३७ हजार नाघेको छ। 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ गरी ३७ हजार ९३ जना सक्रिय संक्रमित रहेका छन्। 

आज काठमाडौंमा ५ हजार १, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० जना गरी ५ हजार ९८१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

आज देशभर १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको छ भने ५७ हजार ३२८ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .