ad ad

समाज


काठमाडौंमा अनलाइनबाट जुवा खेलाउने गिरोह प्रक्राउ

काठमाडौंमा अनलाइनबाट जुवा खेलाउने गिरोह प्रक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
माघ ७, २०७८ शुक्रबार ५:४८, काठमाडौँ

काठमाडौँको कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा सम्पत्ति हारजित हुनेगरी अनलाइनमार्फत जुवा खेलाउने गरेको गिरोह प्रहरीको फन्दामा परेको छ। प्रहरीले उक्त गिरोहका १२ जनालाई पक्राउ गरेको हाे।

महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुर नगरपालिका–६ चोभारबाट अनलाइनमार्फत जुवा खेलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर–६ चोभारका सुजेन्द्र थापा, कविता थापा, रविन खड्का, कीर्तिपुरकै बुद्ध महर्जन, रोजा महर्जन, साहिल महर्जन, हनिशा महर्जन, प्रदीपमान सिंह बस्नेत र रमादेवी श्रेष्ठ छन्।

पक्राउ पर्नेमा दुईजना १७ वर्षीय*** किशोर पनि रहेका छन्। 

उनीहरुको साथबाट १७ थान मोबाइल, १४ थान ल्यापटपलगायत सामग्री बरामद गरिएको महाशाखाले जनाएको छ।

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँको जिम्मा लगाएको छ।

सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले आवश्यक व्यवस्था गरी तीन घरमा २४ सै घण्टा अनलाइनमार्फत जुवा खेलाउन कर्मचारीसमेत राखेको खुलेको छ।

यसरी खटिएका कर्मचारीले फेसबुकमार्फत अमेरिका तथा युरोपका विभिन्न देशका नागरिकलाई साथी बनाई विभिन्न खेलमा अमेरिकन डलर लोड गर्न लगाई खेल खेल्न लगाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशिसमेत पुरस्कारका रुपमा दिने गरेको पाइएको छ।

सोधपुछका क्रममा १० महिना अगाडिदेखि महिनाको करिब एक लाख अमेरिकी डलर रकम हारजित हुने गरी अनलाइनमार्फत जुवा खेलाउने गरेको पाइएको छ। रासस

क्षमायाचना*** : यसै समाचारमा असावधानीवश पक्राउ परेका दुईजना किशोरको नाम पनि पर्न गएकोमा क्षमाप्राथी छौँ। -सम्पादक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .