पश्चिमी वायुको प्रभावले यतिबेला (शुक्रबार बिहान) मौसम देशभर आंशिकदेखि सामान्य बदली भई बागमती र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ।
महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि जनाउँछ) देशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही तराईमा मौसम आंशिक बदली रहनेछ।
यस क्रममा देशको पहाडी भेगमा थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जानकारी बुलेटिनमा दिइएको छ।
यस्तै आज राति (भन्नाले साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मको अवधि बुझाउँछ) देशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही तराईमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ। यस क्रममा देशका पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना महाशाखाले औंल्याएको छ।
महाशाखाले आगामी २४ घण्टा (आज शुक्रबार बिहान ६ बजेदेखि भोलि शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : देशको थोरै स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया