ad ad

समाज


वाइसिएलका नेताको मोटरसाइकल दुर्घटनामा मृत्यु

वाइसिएलका नेताको मोटरसाइकल दुर्घटनामा मृत्यु

नेपालखबर
माघ ८, २०७८ शनिबार ६:५८, काठमाडौँ

पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाहीको बागमती पुलमा भएको मोटरसाइकल दुर्घटनामा माओवादी केन्द्र निकट वाइसिएलका एक नेताको मृत्यु भएको छ। 

सर्लाहीको हरिवन नगरपालिका ५ घुर्कौली घर भएका करिव ३४ वर्षीय सुनिल बम्जनको गएराति बागमती नगरपालिका १२ स्थित बागमती पुलमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बम्जन सवार बा ९४ प ५९०८ नम्बरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ८३०० नम्बरको टिपरमा ठोक्किँदा घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बम्जनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा रौतहटको चन्द्रपुर पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

माओवादी केन्द्र हरिवन नगर समितिले बम्जनको मृत्युप्रति दुःख व्यक्त गरेको छ। माओवादी केन्द्रले दुर्घटनाको छानविन गरी यथार्थ सार्वजनिक गर्न पनि माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .