ad ad

समाज


बालकुमारी मन्दिरको मूर्ति चोरियो, बुझ्न पुगिन् ऊर्जामन्त्री

बालकुमारी मन्दिरको मूर्ति चोरियो, बुझ्न पुगिन् ऊर्जामन्त्री

नेपालखबर
माघ ९, २०७८ आइतबार १३:२३, काठमाडौँ

ललितपुर महानगरपालिका-२६ सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छविकालीन मूर्ति चोरी भएको छ। 

गुठीघरमा रहेको मूर्ति गएराति १२ बजेदेखि ४ बजेको बिचमा चोरिएको हुनसक्ने ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। 

मूर्ति चोरीको अनुसन्धान गर्न ललितपुर परिसरका डीएसपी दीपक भारतीको संयोजकत्वमा अनुसन्धान टोली गठन गरिएको एसपी शाहले बताए। 

घटना अनुसन्धान गर्न अपराध महाशाखाको टोली पनि अनुसन्धानमा खटिएको छ।

यस्तै मूर्ति चोरी भएको खबर पाएपछि ऊर्जा मन्त्री पम्फा भुसाल घटनास्थलको निरीक्षणमा पुगेकी छन्। 

उनले यो निन्दनीय कार्यको भर्त्सना गर्दै तत्काल दोषी पत्ता लगाउन र मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको बताएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .