ad ad

समाज


स्काभेटरले झारेको ढुंगाले बोलेरोलाई किच्दा ३ जनाको मृत्यु

स्काभेटरले झारेको ढुंगाले बोलेरोलाई किच्दा ३ जनाको मृत्यु

नेपालखबर
माघ ९, २०७८ आइतबार १३:१२, काठमाडौँ

ओखलढुङ्गामा स्काभेटरले पल्टाएको ढुंगाले बोलेरोलाई किच्दा तीन जनाको मृत्यु भएको छ।

सिद्धिचरण नगरपालिका-३  असिनेमा भएको दुर्घटनामा अरु तीनजना घाइते भएको प्रदेश नम्बर १ प्रहरीले कार्यालयले जनाएको छ। 

आइतबार बिहान ९ बजे निशंखेबाट ओखलढुंगा तर्फ आउँदै गरेको को १ ज ३५६९ नम्बरको बोलेरोलाई सडकको १०० मिटर माथि स्काभेटरले ढुंगा निकाल्ने क्रममा बोलेरो गाडीलाई किचेको थियो। 

दुर्घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट गएको प्रहरी टोलीले बोलेरोमा सवार ६ जनालाई उद्धार गरी सामुदायिक अस्पताल मिसन ओखलढुंगामा पठाएको थियो। 

घाइतेमध्ये ओखलढुंगा सिद्धिचरण नगरपालिका १ तलुवाका १० बर्षीय युसब कोइराला, ७ वर्षीया युनिशा कोइराला र ओखलढुंगा मानेभञ्ज्याङ १ मोलीका ३० बर्षीय हेमबहादुर मगरको बाटैमा मृत्यु भएको छ। 

बोलेरो चालक ओखलढुंगा मानेभञ्ज्याङ-१ मोलिका ३० बर्षीय सन्दिप श्रेष्ठ, ४२ बर्षीय देवबहादुर श्रेष्ठ र सिद्धिचरण नगरपालिका १ तलुवाकी २८ बर्षीया लक्ष्मी कोइरालाको मिसन अस्पताल ओखलढुंगामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

स्काभेटर चालक फरार रहेकोले खोजतलास भइरेहको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .