ad ad

समाज


पत्रकार विश्वकर्माको निधनबारे सत्यतथ्य सार्वजनिक गर्न माग

पत्रकार विश्वकर्माको निधनबारे सत्यतथ्य सार्वजनिक गर्न माग

नेपालखबर
माघ ९, २०७८ आइतबार १९:५३, काठमाडौँ

प्रेस काउन्सिल नेपालले निजामती कर्मचारी (सिभिल) अस्पतालमा सहज उपचार नपाएर पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको निधन भएको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।
    

थोरै रकम अभावका कारण सहज उपचार नपाएका विश्वकर्माको यही माघ ६ गते बिहान निधन भएको थियो। सो सम्बन्धमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रबार सिभिल अस्पतालको व्यवस्थापनलाई भेटेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो।

श्रमजीवी पत्रकार अस्पतालमा प्रवेश गरिसकेपछि उपचार नपाएर ज्यान गुमाउनु लज्जाको विषय भएको काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .