बाजुराको त्रिवेणी नगरपालिकाका दुईजना वडाध्यक्ष मिलेर नगरसभाको माइन्युट च्यातेको भन्दै उजुरी परेको छ। माइन्युट च्यातेको आरोपमा प्रहरीले त्रिवेणी ७ का वडाध्यक्ष प्रेमबहादुर थापालाई पक्राउ गरेको छ। अर्का वडाध्यक्ष वीरबहादुर विष्ट भने फरार छन्।
नगर सभाको माइन्युट च्यातेको आरोपमा प्रहरीले वडाध्यक्ष थापालाई बुधबार पक्राउ गरेको हो।
नगरसभाको माइन्युट च्यातेपछि वडाध्यक्षविरूद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि शाहले प्रहरीमा उजुरी दिएका थिए।
उजुरीपछि वडाध्यक्ष थापालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले जानकारी दिए।
त्यसैगरी त्रिवेणी नगरपालिका ९ का वडाध्यक्ष वीरबहादुर विष्टले पनि नगरसभाको माइन्युट त्यातेको आरोपमा उजुरी परेको छ। उजुरी परेपछि विष्ट भने फरार छन्।
नगर सभामा एकलौटी निर्णय भएको भन्दै उनीहरुले यही माघ १० गते माइन्युट च्यातेका प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया