ad ad

समाज


काठमाडौंमा घरभित्र मृत भेटिए दम्पती

काठमाडौंमा घरभित्र मृत भेटिए दम्पती

नेपालखबर
माघ १३, २०७८ बिहिबार १०:२७, काठमाडौँ

काठमाडौंमा आफ्नै घरभित्र दुई जना मृत फेला परेका छन्। 

काठमाडौंको शंखरापुर नगरपालिका–३, बोझेनीमा बुधबार राति सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ बिहीबार बिहान मृतावस्थामा भेटिएका हुन्। 

साँखु प्रहरीका अनुसार आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएर मृत्यु भएको अनुमान गरिएको छ। घरमै कोइला बालेर सुतेका उनीहरू बिहान मृत भेटिएका हुन्। 

बिहान उनका छोराले प्रहरीलाई खबर गरेपछि अहिले प्रहरी टाेली घटनास्थल पुग्दै छ। 

‘अब हामी केही बेरपछि घटनास्थल पुग्छौं होला, बीच बाटोमै छौं’, साँखु प्रहरी चौकीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले नेपालखबरसँग भने, ‘मृत्युकाे वास्तविकता अनुसन्धानपछि मात्र भन्न सकिन्छ।’ 

यसअघि पनि केही दिनअघि मात्र भक्तपुरमा घरभित्रै आगो बालेर सुतेका दम्पती गम्भीर बिरामी परेका थिए भने उनीहरूका ३ महिनाका छोराको निसासिएर मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .