काठमाडौंको एक होटलकी सञ्चालिका प्रहरीलाई घुस दिन खोज्दा पक्राउ परेकी छन्।
बसुन्धरास्थित आगमन फुडलेन्ड एन्ड गेस्ट हाउसकी सञ्चालिका सोम माया राईलाई प्रहरीले पक्राउ गरेको हो।
होटलमा अवैध गतिविधि हुने सूचनाका आधारमा छापा मार्न गएको प्रहरीलाई राईले ५० हजार दिन खोजेकी थिइन्। उनलाई थप कार्बाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया