ad ad

समाज


मौसम : कहाँ कस्तो?

मौसम : कहाँ कस्तो?

फाइल तस्बिर


नेपालखबर
चैत १२, २०७८ शनिबार ८:३, काठमाडौँ

नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव जारी छ। मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार अहिले पहाडी भेगमा आंशिक बदली र देशका अन्य स्थानमा मौसम सामान्यतया सफा छ। 

दिउँसो भने प्रदेश १ र बागमती प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थान र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। यस क्रममा प्रदेश १ र बागमती प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना पनि छ।

महाशाखाका अनुसार आज राति पनि प्रदेश १ र बागमती प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थान र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .