NepalKhabar NepalKhabar

समाज


नागढुंगा–मुग्लिन सडक खण्डमा २४ नयाँ पुल निर्माण गरिने

नागढुंगा–मुग्लिन सडक खण्डमा २४ नयाँ पुल निर्माण गरिने

फाइल तस्बिर


नेपालखबर
चैत २६ , काठमाडौँ

नागढुंगा–मुग्लिन सडक खण्डमा २४ नयाँ पुल निर्माण गरिने भएको छ। विस्तार र सुधारका क्रममा रहेको सो सडकमा दुईदुई लेनका पुल निर्माण गर्न लागिएको हो। 

हाल सो सडक खण्डमा २७ पुल छन् । तीमध्ये तीन पुल नयाँ र फराकिला भएकाले त्यहाँ नयाँ पुल आबश्यक नभएको नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ।

पुराना पुल भएका स्थानमा तिनलाई  मर्मत गर्नाका साथै सँगै नयाँ पुल पनि निर्माण गर्न लागिएको हो।

सडकसँगै पुल निर्माण तीन वर्षमा सम्पन्न गरिने आयोजनाका प्रमुख किरण कार्कीले बताए । उनले भने, ‘सडकसँगै पुल निर्माण र मर्मत अघि बढाइनेछ।’

पुराना पुल दुई लेनको रहेकामा नयाँ निर्माण हुन लागेको पुल पनि दुई–दुई लेनकै बनाइनेछ । अधिकांश स्थानमा तीन लेन र बजार क्षेत्रमा चार लेनको सडक निर्माण भइरहेको आयोजनाले जनाएको छ।सडक जत्तिकै चौडा  पुल निर्माण भएपछि सवारी चाप व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ। 

नागढुङ्गा चेकप्वाइन्टबाट सुरु भएर चितवनको मलेखुसम्मको सडकले काठमाडौँ, धादिङ र चितवन गरी तीन जिल्लालाई समेट्छ । यो सडक विस्तारभन्दा पनि सुधारका काम बढी हुने विभागले बताउँदै आएको छ। 

सबैभन्दा बढी सवारीसाधन भित्रिने र बाहिरिने नाका भएकाले सडकको सुरक्षाका लागि आवश्यक निर्माणमा ध्यान दिइनेछ र मोड सुधार गर्ने, पुल पनि थपिनेलगायत काम गरिनेछ । 

यो खण्डको अधिकांश स्थानमा सडक झण्डै १० देखि ११ मिटरसम्म चौडा हुनेछ । ‘डेडिकेटेड’ दुई लेनमा चौडाइ सात मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एकएक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ ।

यसले गर्दा सडक सुरक्षित हुने, गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिनेछ। रासस

चैत २६, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.