ad ad

समाज


२४ घण्टामा देशभर थप १४ जनामा कोरोना पुष्टि

२४ घण्टामा देशभर थप १४ जनामा कोरोना पुष्टि

नेपालखबर
बैशाख ३, २०७९ शनिबार ५:१५, काठमाडौँ

शुक्रबार पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो अवधिमा तीन हजार ९०३ को परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको हो। 

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएकाको संख्या ९ लाख ७८ हजार ६४८ पुगेको छ भने एन्टिजेन परीक्षणबाट संक्रमण देखिएकाको संख्या १ लाख ४० हजार ६४८ पुगेको छ। 

शुक्रबार अपराह्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक विवरणअनुसार पछिल्लो २४ घण्टामा थप ५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसँगै देशभर कोरोना निको हुनेको संख्या ९ लाख ६६ हजार २५९ पुगेको छ। मन्त्रालयका अनुसार निको हुने दर ९८ दशमलव ७ प्रतिशत छ।  

शुक्रबार पछिल्लो २४ घण्टामा कारोनाका कारण कसैको मृत्यु भएको छैन। नेपालमा कोरोना संक्रमणले अहिलेसम्म ११ हजार ९५१ जनाको मृत्यु भएको छ।

शुक्रबार पछिल्लो २४ घण्टामा ७ हजार ७९४ जनाले कोरोनाविरुद्ध खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४३८ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .