ad ad

समाज


ग्यास प्लान्ट विस्फोट : मृतकको शरीर टुक्रा टुक्रा, प्रहरीले बटुल्यो (तस्बिरहरु)

ग्यास प्लान्ट विस्फोट : मृतकको शरीर टुक्रा टुक्रा, प्रहरीले बटुल्यो (तस्बिरहरु)

भारतीय नागरिक वृज मोहन महतोको शरीर टुक्रा बटुल्दै प्रहरी। तस्बिर : विक्रम राई/नेपालखबर


विक्रम राई
बैशाख ८, २०७९ बिहिबार १३:२४, काठमाडौँ

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा बिहीबार विस्फोट हुँदा ज्यान गुमाएका एकजना भारतीय नागरिकको शरीर टुक्रा टुक्रा भएको छ।

अक्सिजन प्लान्टका सिलिन्डर विस्फोट हुँदा ज्यान गुमाएका भारतीय नागरिक वृज मोहन महतोको शरीर टुक्रा टुक्रा भएको हो। 

भारतको बिहारबासी उनको शरीरका टुक्रा प्रहरीले घटनास्थलमा पुगेर उठाएको छ। शरीर क्षतविक्षत भएपछि प्रहरीले प्लास्टिकको झोलामा बटुलेको छ।

प्रहरीका अनुसार महतोका शरीरका हातखुट्टासहितका अंगहरु विस्फोटका क्रममा टुक्रिएका थिए।

शरीरका अन्य अंग पनि घटनास्थलमा छरिएको अवस्था पाइएका छन्। सिलिन्डर विस्फोटपछि शरीर टुक्रा टुक्रा हुँदा घटनास्थलस्थित ग्यास प्लान्टको भित्तो रगताम्मे देखिएको छ। 

विस्फोटबाट क्षतिग्रस्त औद्योगिक क्षेत्रको एक घर

विस्फोटबाट क्षतिग्रस्त भवनमा लागेको रगत

घटनास्थललाई घेर्दै सुरक्षाकर्मी

घटनास्थलबाहिर प्रहरी र सर्वसाधारण

मृतकका शव टुक्रा बटु्ल्न तयार प्रहरी

घटनास्थलमा मुचुल्का उठाउँदै प्रहरी टोली

विस्फोटका क्रममा उछिटिएको जस्ताले लागेर घाइते गंगाराज शर्मा

विस्फोट भएको पाटन औद्योगिक क्षेत्र

विस्फोटमा परेकाहरुका शोकमग्न आफन्त

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .