ad ad

समाज


नेपाल प्रहरीमा ५ एआईजी र ११ डीआईजी एकैपटक रिक्त

नेपाल प्रहरीमा ५ एआईजी र ११ डीआईजी एकैपटक रिक्त

नेपालखबर
बैशाख १९, २०७९ सोमबार १२:२६, काठमाडौँ

नेपाल प्रहरीमा एकै पटक ५ अतिरिक्त महानिरीक्षक (एआईजी) र ११ जना नायब महानिरीक्षक (डीआईजी) रिक्त भएको छ। सोमबारदेखि एक साथ ठूलो संख्यामा प्रहरीका उच्च तहका अधिकारीहरु अवकासमा गएका हुन्। 

२०४९ बैशाख १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका सबै प्रहरी ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकास भएका छन्।

एआईजीहरु हरि पाल, निरज शाही, प्रद्युम्न कार्की र वशन्तकुमार पन्त अवकास हुँदा चार एआईजी पद रिक्त भएका छन्। यस्तै धिरजप्रताप सिंह आईजीपीमा बढुवा भएपछि अर्को पनि एआईजी पद रिक्त भएको हो। 

भएका दुई एआईजी पनि सोमबारदेखि बिदामा बसेका छन्। आईजीपी बढुवामा असन्तुष्टि जनाउँदै एआईजीहरु विश्वराज पोख्रेल र सहकुल थापा पनि बिदामा बसेका छन्।

तर उनीहरुको बिदा स्वीकृत भइसकेको छैन। थापाले १० दिन र पोखरेलले एक महिनाको बिदा लिएका छन्। पोखरेल उमेर हदका कारण आउँदो साउन २० गते अनिवार्य अवकासमा जाँदैछन्। 

उनीहरु दुवै आईजीपी बढुवाविरुद्ध सर्वोच्च जाने तयारीमा छन्। यस्तै ११ जना डीआईजी पनि सोमबार देखि रिक्त भएको छ। 

डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, सौरभ राणा, गणेशबहादुर ऐन, राजेन्द्रप्रसाद चौधरी, पुरुषोत्तम कँडेल, देबबहादुर बोहरा, रामकृपाल साह, प्रकाश अधिकारी र उमेश रन्जितकार अवकासमा गएका हुन्। 

तीनजना वरिष्ठ उपरीक्षक (एसएसपी) पनि अवकाश भएका छन्। एसएसपीहरु प्रदीपकुमार श्रेष्ठ, नवराज भट्ट र वीरेन्द्र बस्याल ३० वर्षे सेवा अवधिकै कारण अवकास भएका हुन्। 

उनीहरु सबै शैलेश थापासँगै सेवा प्रवेश गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .