काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान बम राखेको भनेर सूचना प्राप्त भएपपिछ आतंक फैलिएको छ।
त्यहाँ अहिले कुकुरसहित सेना र प्रहरी बम खोज्न खटिएका छन्।
विमानस्थलको घरेलुतर्फ जहाज चढिसकेका यात्रुलाई समेत आरालेर विमानस्थल खाली गरिएको छ।
विमानलस्थमा बम राखेको छ भनेर नखुलेको नम्बरबाट फोन आएपछि सुरक्षाकर्मी खटिएको विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।
अहिले खाेजी जारी छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
903
Shares
प्रतिक्रिया