ad ad

समाज


बसमै किशोरीको बलात्कार प्रयास, बुबाको कुटपिटबाट चालकको मृत्यु

बसमै किशोरीको बलात्कार प्रयास, बुबाको कुटपिटबाट चालकको मृत्यु

नेपालखबर
बैशाख २५, २०७९ आइतबार १२:४१, काठमाडौँ

काठमाडौंबाट इलाम गएकी किशोरीलाई बसकै कर्मचारी मिलेर बलात्कार प्रयास गरेका छन्।

बा.५ख ५९८२ नम्बरको बसमा काठमाडौंबाट घरतर्फ गएकी १७ वर्षीया किशोरीलाई इलाममा बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी गंगाबहादुर थापाले नेपालखबरलाई जानकारी दिए।  

२० गते राति काठमाडौंबाट इलाम गएकी उनलाई राति नै इलाममा पुगेपछि अरु यात्रु झरेपछि बसकै चालक र सहचालकले बलात्कार प्रयास गरेको प्रहरीको भनाइ छ।

बुबा लिन आउँदै गरेकाले उनी पर्खिरहेकी थिइन्। त्यतिबेलै उनलाई सहचालकले बलात्कारको प्रयास गरेका थिए। बुबा आएको थाहा पाएपछि सहचालक फरार भए। चालकलाई फेला पारेपछि किशोरीका बुबाले निर्घात कुटपिट गरेका थिए। 

घटनाको विषयलाई लिएर पीडित किशोरीका बुवाको कुटपिटबाट चालकको मृत्यु भएको हो। 

कुटपिट गर्दा गम्भीर घाइते भएका गाडीका चालक नुवाकोट तारकेश्वर गाउँपालिका २ वगुवाका ३४ वर्षीय दिपक ढुंगानाको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो।

बसका सहचालक र किशोरीका बुबालाई प्रहरीले पक्राउ गरेको छ। गाडीका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका १३ का १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

सहचालकलाई जबर्जस्ती करणी उद्योग र किशोरीका बुबालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको डीएसपी थापाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .